छात्रा मृत्यु प्रकरणमा थप अनुसन्धान गर्दै प्रहरी | Khabarhub Khabarhub

छात्रा मृत्यु प्रकरणमा थप अनुसन्धान गर्दै प्रहरी


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा शंकास्पद मृत्यु भएकी इलामकी एक छात्रा बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

गत बुधबार मृत्यु भएकी इलामकी सेजल कोइरालाको हत्या भएको भनेर परिवारले किटानी जाहेरी दिएपछि घटनामा संलग्नताको आशंकामा एक जना पक्राउ परेका छन् ।

भोजपुर घर भएका ती युवक मृतकका प्रेमी रहेको बताईएको छ । परिवारले बलात्कार पछि उनको हत्या गरिएको दावी गर्दै आएको छ ।

पोष्र्टमार्टम रिपोर्टसमेत आई सकेकाले थप अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले सेजलको मृत्यु शंकास्पद भएकाले थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताएका छन् ।

इलामको देउमाई ४ की सेजल कोईराला बुधबार साँझ शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनको तत्कालै अस्पताल ल्याए पनि उपचार सम्भव हुन सकेको थिएन । छोरीको स्वभाविक मृत्यु नभएको र घटना शंकास्पद रहेकाले छानविन गर्न बुवा सरोज कोईरालाले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका छन् ।

सेजल दमकका बसेर रेडियोलोजी अध्ययनरत थिईन् । सेजल झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिईन् ।

दमक – ५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी उनको रहस्यमयी मृत्यु भएको परिवारको दावी छ । उनलाई बुधबार बेलुकी करीब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए ।

उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरिक्षक नवराज कार्कीले बताए । अचेल अवस्थामा रहेकी उनलाई साथीहरुले नै तत्काल लाइफलाइन अस्पताल ल्याएपनि बचाउन सकेनन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : ४८ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले