छात्रा मृत्यु प्रकरणमा थप अनुसन्धान गर्दै प्रहरी « Khabarhub

छात्रा मृत्यु प्रकरणमा थप अनुसन्धान गर्दै प्रहरी


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा शंकास्पद मृत्यु भएकी इलामकी एक छात्रा बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

गत बुधबार मृत्यु भएकी इलामकी सेजल कोइरालाको हत्या भएको भनेर परिवारले किटानी जाहेरी दिएपछि घटनामा संलग्नताको आशंकामा एक जना पक्राउ परेका छन् ।

भोजपुर घर भएका ती युवक मृतकका प्रेमी रहेको बताईएको छ । परिवारले बलात्कार पछि उनको हत्या गरिएको दावी गर्दै आएको छ ।

पोष्र्टमार्टम रिपोर्टसमेत आई सकेकाले थप अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले सेजलको मृत्यु शंकास्पद भएकाले थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताएका छन् ।

इलामको देउमाई ४ की सेजल कोईराला बुधबार साँझ शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनको तत्कालै अस्पताल ल्याए पनि उपचार सम्भव हुन सकेको थिएन । छोरीको स्वभाविक मृत्यु नभएको र घटना शंकास्पद रहेकाले छानविन गर्न बुवा सरोज कोईरालाले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका छन् ।

सेजल दमकका बसेर रेडियोलोजी अध्ययनरत थिईन् । सेजल झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिईन् ।

दमक – ५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी उनको रहस्यमयी मृत्यु भएको परिवारको दावी छ । उनलाई बुधबार बेलुकी करीब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए ।

उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरिक्षक नवराज कार्कीले बताए । अचेल अवस्थामा रहेकी उनलाई साथीहरुले नै तत्काल लाइफलाइन अस्पताल ल्याएपनि बचाउन सकेनन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : ४८ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक