दर्जनौ मान्छे बेपत्ता छन्, जताततै त्राही त्राही मात्र छ : हेलम्बु क्षेत्रका स्थानीय « Khabarhub

दर्जनौ मान्छे बेपत्ता छन्, जताततै त्राही त्राही मात्र छ : हेलम्बु क्षेत्रका स्थानीय


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका दीपकिरण खड्काले यो विपतीबाट उम्कन भगवान भरोसाको अवस्था रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा चार तस्वीर राख्दै स्थिति भयावह भएको बताएका छन् ।

पानी धेरै नपरेको भएपनि लगातार खोलामा पानीको सतह बढ्दै गएको उनले लेखेका छन् ।

‘अब यस्तो कहिले नहोस !’ लेख्दै उनले हेलम्बु क्षेत्रका तस्वीर र उर्लेको मेलम्ची नदीलाई तस्वीरमा कैद गरेका छन् ।

आफ्नी माइली हजुरआमा बेपत्ता भएको उल्लेख गर्दै उनले आफूहरु पहिले घर भएको ठाउँ सेरामा अहिलेसम्म सुरक्षित रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बिजुली नभएकाले प्रायः जसो फोन स्वीच अफ छन्। माथीतिरका पूलहरु बगाएको खबर छ। दर्जनौं मान्छेहरु बेपत्ता छन्। जताततै त्राही त्राही छ ! यो अन्धकार भुमरीबाट उम्कनु छ ! दैवको भरोसामा जो छौँ !’

उनले आफ्नो फार्महरु केही बाँकी नरहेको, खेत सबै बाढीले ढाकेको, बाढी अझै शान्त नभएको बताएका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : १० बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको