बाढी पहिरो गएका क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन « Khabarhub

बाढी पहिरो गएका क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री खगराज अधिकारीले सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरो क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल राहत तथा उद्धारमा खट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज बिहान बसेको गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन सुरक्षा निकायलाइ निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षानिकायका प्रमुखहरुले बाढी पहिरो र डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई जानकारी गराएका थिए ।

गृहमन्त्री नेतृत्वमा बसेको बैठकमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी प्रभुराम शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृत अनिल पोखरेल लगाएत सहभागी थिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : २३ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको