सिन्धुपाल्चोकमा बाढीको वितण्डा (फोटोफिचर) « Khabarhub

सिन्धुपाल्चोकमा बाढीको वितण्डा (फोटोफिचर)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षासंगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले वितण्डा मच्चाएको छ।

बाढीका कारण बस्ती डुबानमा पर्दा पाँच सय बढी मानिस विस्थापित भएका छन् भने घर तथा पुलहरू बगाएको छ । जिल्ला प्रहरीका अनुसार दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ ।

बाढीले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको छ । हेलम्बु र मेलम्चीको पूरै बजार डुबानमा परेको छ । कयौँ घर बगेका छन् । बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठूलठूला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजारमाथिको डाँडामा पुगेका छन् । मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन् । बाढीले दर्जनौँ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने सात जनाको परिचय खुलेको छ ।

यसअघि मंगलबार साँझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दामाथि भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो । हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथि नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ४२ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई