पहिरोको पूर्वसुचना प्रणाली यो वर्ष ३६ पालिकामा लागू हुने | Khabarhub Khabarhub

पहिरोको पूर्वसुचना प्रणाली यो वर्ष ३६ पालिकामा लागू हुने



काठमाडौँ– मनसुनको सक्रियतासँगै देशका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ ।

बुधबारसम्म म्याग्दीका विभिन्न ठाउँका २९ घर विस्थापित भएका छन् । अविरल वर्षासँगै गएराति सिन्धुपाल्चोकको मेलम्ची बजार बाढीले डुबायो ।

बुधवार १ बजेसम्म एक जनाको शव फेला परेको छ । ४५ जनाको उद्धार भएको छ । ६ जना बेपत्ताको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हरेक वर्ष मनसुनमा ४ सयभन्दा बढीले ज्यान गुमाउने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
मनसुनमा बाढीबाट भन्दा धेरै पहिरोबाट क्षति हुने गरेको छ ।

बाढीको पूर्वानुमान गर्न सकिने तर पहिरोको पूर्वानुमान गर्न नसक्दा हरेक वर्ष ३ सयको हाराहारामी पहिरोमा पुरिएर मानिसहरुले ज्यान गुमाउने गरेको प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन् ।

तर प्राधिकरणले यस वर्ष पहिरोको पूर्वानुमान प्रणालीको सुरुवात गरेको छ ।

पहिरोको पूर्वानुमानका लागि ‘प्रभावमा आधारित पूर्वसुचना प्रणाली’ लाई पायलट प्रोजेक्टको रुपमा प्रयोग गर्न लागिएको उनले बताए ।

उनकाअनुसार यस वर्ष पहिरोको उच्च जोखिममा रहेको ९ जिल्लाका ३६ पालिकाहरुमा यो प्रणालीको प्रयोग गरिनेछ ।

‘शुरुमा सिन्धुपाल्चोक, गोरखा, रसुवा, बाग्लुङ्ग, स्याङ्जा, म्याग्दी, दैलेख, जाजरकोट, कालीकोट गरी ९ जिल्लाका ३६ वटा स्थानीय तहमा पायलट प्रोजेक्टका रुपमा सञ्चालन गरिनेछ’ उनले खबरहबसँग भने ।

जल तथा मौसम विभाग, प्राधिकरण, खानी तथा भूर्गभ विभाग, ३६ वटै पालिकाका प्राविधिकको सहकार्यमा यो प्रणालीको प्रयोग हुनेछ ।

यस प्रणालीबाट प्राप्त हुने सुचना सम्भाव्य प्रभावित बासिन्दाहसँग स्थानीय प्राविधिक टोलीले पुर्याउने प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा बताउँछन् ।

‘यस वर्ष हामीले सम्भाव्य प्रभावित स्थानीय तहमा फोन र इमेलमार्फत जानकारी दिनेछौँ’ उनले भने, ‘पालिकाले समुदायस्तरमा खरब पुर्‍याउने गरी काम गर्ने सहमति भएको छ ।’

अहिले बाढी प्रभावितहरुका लागि जल तथा मौसम विज्ञान विभागबाट सन्देश दिने गरेको छ ।

त्यसरी नै आउने वर्षहरुमा पहिरो प्रभावित बासिन्दासम्म सन्देश पुर्‍याउने योजना रहेको उनले बताए ।

यो सुचना प्रणाली लागू भएपछि भारी बर्षा हुने स्थानहरुको खोला नदीमा बाढीको अवस्था, त्यस क्षेत्रको जनजीवनमा पार्न सक्ने क्षति, पहिरो जान सक्ने, नसक्ने अवस्था लगायतको पूर्वानुमान हुने र यसले मानवीय र भौतिक क्षति घटाउन मद्दत पुग्ने उनको भनाइ छ ।

विभिन्न देशले समेत यस्तो अभ्यास गरिसकेकोले नेपालमा पनि यो प्रभावकारी हुने देखिन्छ ।

त्यसो त यो प्रणालीको प्रभावकारी कार्यान्वयन हुन सकेमा हालसम्म विपद्का कारण हुदै आएको क्षति न्यूनीकरण गर्न सकिने आशा विपद् विज्ञहरुले गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ५३ बजे

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य