अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान « Khabarhub

अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोली सिन्धुपाल्चोकको मेलम्चीका बाढी–पहिरो पीडितको उद्धार र राहतका त्यसतर्फ प्रस्थान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव ईश्वर पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।

मङ्गलबार राति अबिरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् ।

महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्‍याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरे ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : २० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस