फिनल्याण्डको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार विजयी « Khabarhub

फिनल्याण्डको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार विजयी


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी भएकी छन् । उनी उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित भएकी हुन् ।

गत सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई विजयी बनाएका हुन् । ६२६ मत प्राप्त गर्दै उनी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन् ।

‘यो चुनावमा मेरो उमेदवारीको मूल उद्देश्य आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा सहभागिता जनाउनु हो भने एउटा सामाजिक र राजनैतिक व्यक्तित्वको आधारमा नेपाली समाजलाई एकताबद्द्ध बनाउनु मेरो लक्ष्य हो,’ उक्त पदमा दोस्रोपटक जितेपछि ताम्राकारले प्रतिक्रिया दिइन् ।

काठमाडौँको बसन्तपुरमा हुर्किएकी ताम्राकार पछि बुढानीलकण्ठमा बसेकी थिइन् । अध्ययनका क्रममा उनी फिनल्याण्ड पुगेकी हुन् ।

उनले फिनल्याण्डमा रहेका पहिलो पुस्ताका नेपालीहरूले आप्रवासी प्रणाली, शिक्षा, स्वास्थ्यलगायतमा कुनै झमेला भोग्न नपरोस् भनी नीतिगत तहमै सहजता ल्याउन आफू लाग्ने समेत बताएकी छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : १२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले