पीडितहरूको उद्धार तथा राहतमा जुटौँ, बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ : प्रधानमन्त्री « Khabarhub

पीडितहरूको उद्धार तथा राहतमा जुटौँ, बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ : प्रधानमन्त्री


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् । उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले बाढी पीडित जनताका लागि आवास लगायतका सबै व्यवस्था सरकारले गर्ने बताए । त्यस्तै उनले नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरू भने निर्वाचनदेखि अतालिएको बताए । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दिगो र सफल हुन नसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले चूरेको विनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे । चूरे विनास गर्ने सरकारको कुनै उद्देश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।

बैठकमा ओलीले बाढी पहिरोबाट घाइते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने, क्षतिको मूल्यांकन गरेर उचित राहतका लागि गृहमन्त्रालयले पहल गर्ने बताए । उनले उद्धार गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलालाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

बैठकमा विपक्षी दलका नेताहरु भने सहभागी भएनन् । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहने व्यवस्था छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ४१ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत