पीडितहरूको उद्धार तथा राहतमा जुटौँ, बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ : प्रधानमन्त्री « Khabarhub

पीडितहरूको उद्धार तथा राहतमा जुटौँ, बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ : प्रधानमन्त्री


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् । उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले बाढी पीडित जनताका लागि आवास लगायतका सबै व्यवस्था सरकारले गर्ने बताए । त्यस्तै उनले नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरू भने निर्वाचनदेखि अतालिएको बताए । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दिगो र सफल हुन नसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले चूरेको विनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे । चूरे विनास गर्ने सरकारको कुनै उद्देश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।

बैठकमा ओलीले बाढी पहिरोबाट घाइते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने, क्षतिको मूल्यांकन गरेर उचित राहतका लागि गृहमन्त्रालयले पहल गर्ने बताए । उनले उद्धार गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलालाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

बैठकमा विपक्षी दलका नेताहरु भने सहभागी भएनन् । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहने व्यवस्था छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ४१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले