रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेपछि ४ अर्ब डलर घट्यो कोकाकोलाको शेयर भ्यालु « Khabarhub

रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेपछि ४ अर्ब डलर घट्यो कोकाकोलाको शेयर भ्यालु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेको घटनाले कोकाकोलाको शेयर भ्यालुमा गिरावट आएको छ ।

हंगेरीविरुद्धको युरोकप खेल्नुअघि उनले आफ्नो अगाडि भएका कोकका बोतल हटाएर पानी रोजेका थिए ।

घटना गत सोमबारको हो । हंगेरीसँगको युरोकप खेल्नुअघि बुढापेस्टको पुस्कास फेरेंक स्टेडियममा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अगाडि राखिएका दुई वटा कोकाकोलाका बोतल हटाएर पोर्चुगलकै एउटा कम्पनीको पानीको बोत्तल उठाएका थिए ।

उनले कोक नरोजी पानी लिएपछि यसको असर अहिले कोकाकोला कम्पनीमाथि परेको हो । स्पेनिस मिडिया मार्काले यो घटनापछि कोकाकोला कम्पनीले शेयर भ्यालु घटेको जनाएको छ ।

मार्काका अनुसार कोकाकोला कम्पनीको ब्राण्ड भ्यालु ४ बिलिलय डरलले घटेर २४२ बिलियनबाट २३८ अर्ब भएको छ। यस्तै, उक्त दिन कम्पनीको स्टक मार्केट १.६ प्रतिशतले घट्यो। उक्तदिन युरोपमा स्थानीय समयअनुसार शेयरबजार ३ बजे खुल्दा कोकाकोलाको शेयरमूल्य ५६.१० डलर थियो। तर उक्त पत्रकार सम्मेलनको ३० मिनेटपछि शेयरमूल्य घटेर ५५.२२ भएको थियो ।

रोनाल्डो उक्त घटना लगत्तै १.६ प्रतिशतले घटेको सेयर मूल्य अहिले पनि ओरालो लागिरहेको जनाइएको छ । उनले कोकोकोला पन्छाएर पानी लिएपछि यसले मानिसलाई तन्दुरुष्त राख्न पानी अन्य पेय पदार्थभन्दा पानी उत्तम हो भन्ने सन्देश दिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ५१ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने