रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेपछि ४ अर्ब डलर घट्यो कोकाकोलाको शेयर भ्यालु « Khabarhub

रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेपछि ४ अर्ब डलर घट्यो कोकाकोलाको शेयर भ्यालु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेको घटनाले कोकाकोलाको शेयर भ्यालुमा गिरावट आएको छ ।

हंगेरीविरुद्धको युरोकप खेल्नुअघि उनले आफ्नो अगाडि भएका कोकका बोतल हटाएर पानी रोजेका थिए ।

घटना गत सोमबारको हो । हंगेरीसँगको युरोकप खेल्नुअघि बुढापेस्टको पुस्कास फेरेंक स्टेडियममा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अगाडि राखिएका दुई वटा कोकाकोलाका बोतल हटाएर पोर्चुगलकै एउटा कम्पनीको पानीको बोत्तल उठाएका थिए ।

उनले कोक नरोजी पानी लिएपछि यसको असर अहिले कोकाकोला कम्पनीमाथि परेको हो । स्पेनिस मिडिया मार्काले यो घटनापछि कोकाकोला कम्पनीले शेयर भ्यालु घटेको जनाएको छ ।

मार्काका अनुसार कोकाकोला कम्पनीको ब्राण्ड भ्यालु ४ बिलिलय डरलले घटेर २४२ बिलियनबाट २३८ अर्ब भएको छ। यस्तै, उक्त दिन कम्पनीको स्टक मार्केट १.६ प्रतिशतले घट्यो। उक्तदिन युरोपमा स्थानीय समयअनुसार शेयरबजार ३ बजे खुल्दा कोकाकोलाको शेयरमूल्य ५६.१० डलर थियो। तर उक्त पत्रकार सम्मेलनको ३० मिनेटपछि शेयरमूल्य घटेर ५५.२२ भएको थियो ।

रोनाल्डो उक्त घटना लगत्तै १.६ प्रतिशतले घटेको सेयर मूल्य अहिले पनि ओरालो लागिरहेको जनाइएको छ । उनले कोकोकोला पन्छाएर पानी लिएपछि यसले मानिसलाई तन्दुरुष्त राख्न पानी अन्य पेय पदार्थभन्दा पानी उत्तम हो भन्ने सन्देश दिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ५१ बजे

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा