प्रतिनिधिसभा निर्वाचन कार्यतालिका खारेज « Khabarhub

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका खारेज


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको आयुक्तको बैठकले निर्वाचन कार्यतालिका खारेज गरेको हो । पूर्ववर्ती केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ कात्तिक २६ गते शुक्रबार र माघ ५ गते शुक्रबार प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेकी थिइन ।

यसैबीच, प्रतिनिधिसभाको विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरियो । सोसम्बन्धी मुद्दा अदालतमा सुनुवाइ भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरिएको थियो ।

दल दर्ताका लागि असार ३१देखि श्रावण १५ गतेसम्मको समय दिइएको थियो ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

उनले कार्यतालिकासँगै निर्वाचनको सम्पूर्ण आन्तरिक तयारी रद्द गरेको बताए ।

मध्यावधि निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया पनि स्थगित गरिएको आयोगले जनाएको छ । सरकारले निर्वाचनका लागि सात अर्ब ७२ करोड रुपियाँ निकासा गर्ने निर्णय गरिसकेको छ । सो रकम मन्त्रालयले आयोगमा पठाउने क्रममै सर्वोच्चको फैसला आएको थियो ।

यसअघि पुस ५ गते मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति भण्डारीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेपछि चुनावको तयारीका लागि आयोगले आठ करोड हाराहारी खर्च गरिसकेको थियो ।

निर्वाचन कार्यतालिका र तयारी रद्द गरेसँगै आयोगले मतदाता नामावली संकलन पुनः सुचारु गर्ने आयोगले जनाएको छ । आयोगले जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेपछि नामावली संकलन स्थगित गरिएको थियो । मतदाता नामावली ऐन, २०७३ मा भएको निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने प्रावधान रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ४९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक