भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला « Khabarhub

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वको अग्रणी स्मार्टफोन भिभो खरिद गर्न चाहनेहरुका लागि जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला गरिएको छ ।

नयाँ पुस्ताको स्मार्टफोनको दुनियाँमा हालै मात्र बजारमा ल्याइएको यस फोनको अग्रिम बुकिङ अफलाइन स्टोर र खुद्रा विक्रेताहरुमार्फत गर्न सकिने कम्पनीले जनाएको छ ।

बजारले निकै मन पराइएको भिभो भी २१ स्मार्ट फोन सेल्फी खिच्ने फ्रन्ट क्यामेरा उच्च क्षमतायुक्त मानिएको छ । अझ खासगरी यस फोनले कम प्रकाश भएको ठाउँमा समेत फोटो क्वालिटीमा उत्कृष्टता दिने कम्पनीले बताएको छ ।

अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँसहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित विक्रेताकहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र बिक्रेताले आधा राख्नेछन् । भिबिए र बिक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङ्गपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ ।

प्रविधिमा नयाँ मापदण्ड सहितको भिभो भी २१ नयाँ आएका स्मार्टफोन मध्येमा बढी क्षेत्रमा प्रभाव पनि सफल भएको छ किनभने यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओ।आइ।एस (अप्टिकल इमेज स्टेबिलाइजेशन) प्रविधिमैत्री रहेको कम्पनीले जनाएको छ ।

कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीहरुले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् । भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मा स्लिक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएको छ । यसको बनौट ७ दशमलव २९ मिलि मिटरमा छ, जसले ग्राहकको चाहना पूरा गर्न सक्छ जुन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत रहेको कम्पनीको भनाई छ ।

हाल विश्वभर भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन् । ती चिनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् । अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : २७ बजे

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा

श्रीकृष्ण विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

काठमाडौं – काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ ।

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका