सांसदहरूको कोरोना परीक्षण | Khabarhub Khabarhub

सांसदहरूको कोरोना परीक्षण


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको अधिवेशन शुरू हुन दुई दिन मात्र बाँकी हुँदा शुक्रबार सांसदहरूको कोरोना भाइरस परीक्षण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसदको स्काई लाइट हलमा सभामुखसहित सांसदहरूको एन्टिजेन परीक्षण गरिएको हो ।

आजै संसदको रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

सम्पूर्ण सांसदहरूलाई यसअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइएकाले शुक्रबार एन्टिजेन परीक्षणमात्र गरिएको सचिवालयले स्पष्ट पारेको छ । यसअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कसैको रिपोर्ट पोजेटिभ आए आइसोलेशनमा पठाउने सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशमा पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन आइतबार शुरू हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न चार बजेका लागि दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन बोलाएकी हुन् । राष्ट्रिय सभाको सातौं अधिवेशन राष्ट्रपति भण्डारीले गत सोमबार मध्यरातिबाट अन्त्य गरेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०८ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७