सांसदहरूको कोरोना परीक्षण | Khabarhub Khabarhub

सांसदहरूको कोरोना परीक्षण


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको अधिवेशन शुरू हुन दुई दिन मात्र बाँकी हुँदा शुक्रबार सांसदहरूको कोरोना भाइरस परीक्षण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसदको स्काई लाइट हलमा सभामुखसहित सांसदहरूको एन्टिजेन परीक्षण गरिएको हो ।

आजै संसदको रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

सम्पूर्ण सांसदहरूलाई यसअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइएकाले शुक्रबार एन्टिजेन परीक्षणमात्र गरिएको सचिवालयले स्पष्ट पारेको छ । यसअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कसैको रिपोर्ट पोजेटिभ आए आइसोलेशनमा पठाउने सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशमा पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन आइतबार शुरू हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न चार बजेका लागि दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन बोलाएकी हुन् । राष्ट्रिय सभाको सातौं अधिवेशन राष्ट्रपति भण्डारीले गत सोमबार मध्यरातिबाट अन्त्य गरेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०८ बजे

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे

काठमाडौं– राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको

फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा– विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार

मदिरा सेवन नगरी सवारी चलाउन ऊर्जामन्त्री घिसिङको अनुरोध

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान सिघिङले मदिरा सेवन

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम

हिलो र धुलोले अस्तव्यस्त धुलिखेल–खावा सडक 

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा