सञ्चारकर्मी तेजेन्द्र काफ्ले खबरहबमा आबद्ध « Khabarhub

सञ्चारकर्मी तेजेन्द्र काफ्ले खबरहबमा आबद्ध


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समय रेडियो पत्रकारिता गरेका सञ्चारकर्मी तेजेन्द्र काफ्ले पेभलियन मिडिया प्रालिमा आवद्ध भएका छन् । न्यूज डेस्क प्रमुखका रुपमा उनी यस मिडिया प्रालिअन्तर्गतको खबरहब डट कम आएका हुन् ।

प्रालिका अध्यक्ष नरेश श्रेष्ठले कार्यालयमा स्वागत गर्दै सञ्चारकर्मी काफ्लेबाट ठूलो अपेक्षा गरेको बताए । उनले यस संस्थाले आगामी दिनमा सञ्चालनमा ल्याउन लागेको ‘रेडियो क्यान्डिड’ सञ्चालनमा समेत उल्लेख्य भूमिका हुने बताए । खबरहबका प्रधान सम्पादक गोविन्द लुईंटेलले काफ्लेको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

२०५९ सालमा झापाको बिर्तामोडमा खुलेको कञ्चनजञ्घा एफएमबाट रेडियो पत्रकारिता थालेका काफ्लेले झण्डै १६ वर्ष रेडियो कान्तिपुरमा काम गरेका छन् । १९ वर्ष लामो पत्रकारितामा उनी ६ महिना रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख समेत भएका थिए ।

पुनर्स्थापित प्रतिनिधिसभाबाट संसदीय पत्रकारिता गरेका उनले संविधान सभादेखि राष्ट्रिय राजनीतिका हरेक विषयमा कलम चलाउँदै आएका छन् ।

समसामयिक विषयमाथिको कुराकानी, समाचार वाचन र लेखन, सम्पादनमा उनको विशेष दख्खल छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ४७ बजे

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको