एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन « Khabarhub

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को स्थायी कमिटीले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए । बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकारले देश विकासमा ऐतिहासिक कार्य गरेको निर्णय गरेको छ ।

बैठकले पार्टी अध्यक्ष ओलीले संविधान कार्यान्वयन, राष्ट्रियताको सम्बर्द्धन गर्ने, मुलुकको आर्थिक र सामाजिक रुपान्तरण गर्ने, दिगो शान्तिको स्थापना गर्ने, पुनःनिर्माण सम्पन्न गर्ने, समृद्ध नेपाल र सुखी नेपाली अभियानमार्फत मुलुकलाई अगाडि बढाउने काम गरेको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए ।

एमाले देशप्रति जिम्मेवार, संविधान र लोकतन्त्रको रक्षक एवं जनताको हितप्रति अटल रहँदै सक्रिय तथा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताए । पार्टीका प्रवक्ता ज्ञवालीले एमाले सशक्त प्रतिपक्षमा बस्ने र पार्टीका सांसदलाई सोही भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

“सरकारलाई पार्टीको समर्थन नरहने र सरकारले विश्वासको मतसमेत नदिने निर्णय छौँ”, उनले भने, “पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यलाई वर्तमान सरकारलाई विश्वासका नदिने पार्टीको निर्णय पालना गर्न निर्देशन दिएका छौँ ।”

वरिष्ठ नेता नेपाल पक्षका कार्यदलमा रहेका नेताले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरे पनि बैठकले औपचारिक कार्यसूची अघि बढाएको छ । नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल, सदस्य धनश्याम भुसाल, गोकर्णराज विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेका थिए ।

बैठक चलिरहेका बेला उनीहरु प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिएका थिए । सो सहमतिअनुसार पार्टीको संरचना २०७५ जेठ २ को अवस्थामा फर्कने छ भने नेकपा (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापालगायतलाई स्वागत गरिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो बैठक एमालेको स्थायी कमिटीको बैठक बसेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ५८ बजे

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ