नयाँ भर्सनमा यश कुमारको ‘तिम्रो मन बदलिएछ’ « Khabarhub

नयाँ भर्सनमा यश कुमारको ‘तिम्रो मन बदलिएछ’


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत छ ।

गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय छ ।

गायक यशले गीतले सबैको आ–आफ्नो भोगाइलाई छुने दाबी गरे । अभिनेता सागरले आफूले सानो उमेरदेखि नै सुन्दै आएको गीतलाई भिडियो बनाउन गरेको प्रस्ताव स्वीकार गरेकोमा यशप्रति आभार व्यक्त गरे ।

अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए । निर्देशक निकेश खड्काले आफूले कलेज पढ्दाताका धेरै सुनेको यो गीतलाई आफैले एक्सन–कट गर्न पाउनु चुनौतीसँगै अवसर पनि भएको दाबी गरे ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।

भिडियोका निर्माताहरु भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुन् । भिडियो बले इन्टरटेनेमन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने