विदेशी हस्तक्षेपमा सरकार परिवर्तन भएको अध्यक्ष ओलीको आरोप « Khabarhub

विदेशी हस्तक्षेपमा सरकार परिवर्तन भएको अध्यक्ष ओलीको आरोप


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यताविपरीत जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत उनले बताए । त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप पनि लगाए । आफू नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अबको सरकारले त्यसको जस लिने तर्क गरे ।

बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ ।

बाढी र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जलि दिँदै घाइतेको नि:शुल्क उपचारको माग गरिएको भट्टराईले बताए । उनले खोपको प्रबन्ध भइसकेको अवस्थामा सबै नागरिकमा खोपको पहुँच पुर्‍याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकमा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ५७ बजे

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ