पर्यटन मन्त्रालय र मातहतका विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता « Khabarhub

पर्यटन मन्त्रालय र मातहतका विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका विभागीय प्रमुख एवं पदाधिकारीहरूसँग आर्थिक वर्ष २०७८/७९ को कार्यसम्पादन करार सम्झौता गरेको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दीपककुमार थापालगायतका विभागीय प्रमुखहरू एवं पदाधिकारीहरूसँग आगामी आर्थिक वर्षको कार्यसम्पादन करार सम्झौता भएको हो ।

उक्त अवसरमा सचिव कोइरालाले विभागीय प्रमुखहरूलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन, आयोजनाहरूलाई गुणस्तरीय तवरले समयमै सम्पन्न गर्न र नेपाल सरकारको असार २९ गते भएको बैठकले गरेका निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ४५ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६