पोखरा रङ्गशालामा खेलकुद प्रशिक्षण शुरु « Khabarhub

पोखरा रङ्गशालामा खेलकुद प्रशिक्षण शुरु


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकुद अभ्यास र प्रशिक्षण पोखरामा आजदेखि शुरु भएको छ ।

यसै वर्ष गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद तथा अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्ष्य गरी प्रशासनको अनुमतिमा आंशिकरुपमा खेलकुद अभ्यास तथा प्रशिक्षण शुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए ।

सम्बन्धित खेल सङ्घले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार सिफ्ट विभाजन गरेर एक सिफ्टमा छदेखि १२ जना खेलाडीले प्रशिक्षण गर्ने‍ उनको भनाइ छ । ‘इनडोर’ खेलका अभ्यास साँझ र बिहानमात्र सञ्चालन हुनेछन् । प्रारम्भमा क्रिकेट, लनटेनिस र मार्सल आर्टस्का प्रशिक्षण शुरु भएको र स्थिति सहज भएको खण्डमा भदौदेखि नै सबै खेलका प्रशिक्षण शुरु गर्ने तयारी गरिएको बताइन्छ ।

अध्यक्ष बानियाँले भने, “लामो सयम खेलकुद गतिविधि ठप्प हुँदा खेलाडीको प्रतिभा गुम्ने र उनीहरुमा निराशा उत्पन्न हुने भएकाले आंशिकरूपमा अभ्यास तथा प्रशिक्षण शुरुआत गरेका छौँ, गण्डकी प्रदेशको मुख्य प्रशिक्षणस्थल पोखरा रङ्गशालामा सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने गरी प्रशिक्षण सञ्चालन गर्नेछौँ ।”

गत वैशाख पहिलो सातादेखि पोखरामा सबै प्रकारका खेलकुद गतिविधि रोकिएका छन् । कोरोनाको दोस्रो लहर रोक्न वैशाख १६ देखि निषेधाज्ञा जारी गरेपछि रङ्गशाला पूर्णरुपमा बन्द भएको थियो ।

आसन्न नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षण शुरु गर्नुपर्ने भएकाले महानगर खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसहितको छलफलले अभ्यास शुरु गर्न प्रशासनसँग आग्रह गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार ३१ गते कास्कीका प्रमुख जिल्ला अधिकारीले मापदण्ड पालना गर्ने गरी प्रशिक्षणका लागि अनुमति प्रदान गरेको बताइन्छ ।

गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय तीन वर्षअघिनै भएको थियो । अघिल्लो वर्ष तय भए पनि कोरोनाका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यस वर्ष राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरेको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लामा कम्तिमा एक खेल आयोजना हुने बताइन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ४५ बजे

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल