साउनको आज अन्तिम सोमबार, हिन्दु धर्मालम्वीले भगवान् शिवको विशेष पूजा गर्दै « Khabarhub

साउनको आज अन्तिम सोमबार, हिन्दु धर्मालम्वीले भगवान् शिवको विशेष पूजा गर्दै


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको साउन महिनाको  आज पाँचौँ तथा अन्तिम सोमबार ।  हिन्दू धर्माबलम्बी नारीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर-घरमै पूजाआजा गरिँदै छ ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

ब्रत बस्दा के खाने के नखाने ?

सोमबार ब्रत बस्दा आलू ,दही आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

व्रतको दिनमा फलफूल र फलफूलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा वढी चाहिने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।

व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।

त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

आज पनि पशुपतिनाथ नखुल्ने

साउनको पाँचौँ सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न  देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत अझै बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले थपेको निषेधाज्ञामा मन्दिर, शैक्षिक संस्था बन्द नै रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल