रक्तपान रोक्न देश छाडेँ : अफगान राष्ट्रपति घानी « Khabarhub

रक्तपान रोक्न देश छाडेँ : अफगान राष्ट्रपति घानी


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रक्तपात रोक्न देश छाड्ने कठिन निर्णयमा पुगेको बताएका छन् ।

आफ्ना नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै घानीले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’

आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं नागरिकको जिन्दगी खतरामा पर्ने उल्लेख गर्दै उनले भनेका छन्,’ विद्रोहीहरूले बलपूर्वक जितेका छन् अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको हो ।’

घानी कहाँ छन् भन्ने अझै खुलेको छैन । उनी काजकिस्तान गएको जनाइए अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ५५ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो