कराँचीमा लकडाउनबारेको समचार संकलन गर्ने पत्रकारमाथि प्रहरीद्वारा कुटपिट « Khabarhub

कराँचीमा लकडाउनबारेको समचार संकलन गर्ने पत्रकारमाथि प्रहरीद्वारा कुटपिट


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराँची– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाकिस्तानको सिन्ध प्रान्तमा थप गरिएको लकडाउनबारेको समाचार संकलन गर्ने क्रमममा प्रहरीले एक जना पत्रकारमाथि हातपात गरेको छ ।

कराँचीस्थित फेडरल बी क्षेत्रमा समाचार संकलनमा खटिएका उनलाई प्रहरीले कुटपिट गरेको बताइएको हो ।

अन्तराष्ट्रिय समाचार एजेन्सीमा आबद्ध पत्रकार फरिद खानमाथि प्रहरीले हातपात गरेको जनाइएको छ । आफूले कार्यालयको आधिकारिक कार्ड र क्यामेरा देखाए पनि प्रहरीले आफूमाथि दुर्व्यवहार र हातपात गरेको पत्रकार फरिदले बताएका छन् ।

आफूलाई बलपूर्वक प्रहरी भ्यानमा कोचेर प्रहरी चौकी लगी गैरकानूनी रुपमा हिरासतमा राखेको उनले बताए । उक्त घटनाको केही घण्टापछि सौदाबादमा अर्का पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

कोभिड १९ को जोखिम कायमै रहेको बेला मापदण्ड विपरीत रेस्टुरेन्ट सन्चालन गरिएकोबारे समाचार संकलनका क्रममा एक निजी टेलिभिजनका रिपोर्टर, ओबी भ्यान अपरेटर र चालकको टोलीमाथि रेस्टुरेन्टका कर्मचारीहरुले आक्रमण गरेको जनाइएको छ ।

विश्व प्रेस स्वतन्त्रताबारे २०२१ को रिपोर्ट अनुसार पत्रकारिता अभ्यास र सुरक्षाका दृष्टिकोणले पाकिस्तान जोखिमयुक्त मुलुक रहेको देखाएको छ । पत्रकारहरुमाथि यस्तो दुर्व्यवहार बिरुद्ध पत्रकार समूहले घोर निन्दा गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : १४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको