गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न एमाले सांसदको आग्रह « Khabarhub

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न एमाले सांसदको आग्रह


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको बताए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले १० दिनदेखि समान कामको असमान ज्यालालगायतका विषयमा आफ्ना माग राखेर गोर्खा भूपू सैनिक आमरण अनशनमा बसेको हुँदा उनीहरुको कामको योगदानको कदर गर्दै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

सांसद मोहनप्रसाद पाण्डेले पूर्व गोर्खाको शिर उच्च बनाउन भूमिका खेलेको हुनाले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भाषा परीक्षा पास गरेका नागरिकलाई दक्षिण कोरिया जाने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ