अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी  « Khabarhub

अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी 


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानी हेलिकोप्टर भरी पैसा भरेर राजधानी काबुलबाट भागेको दाबी गरेको छ ।

काबुलस्थित रुसी दूतावासले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले कार र हेलिकोप्टरमा पैसा भरेर निस्किएको जनाएको हो । समाचार संस्था आरआईएलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले पनि घानीले पैसा नअटेपछि केही छाडेर गएको जनाएको छ ।

तालिबानले काबुल नियन्त्रणमा लिएसँगै राष्ट्रपति घानीले आइतबार साँझ नै राष्ट्रपति कार्यालय छाडेका थिए। यता घानीले भने अफगानिस्तानलाई सम्भावित रक्तपातपूर्ण अवस्थाबाट जोगाउन आफूले देश छाडेको बताएका छन् ।

आफ्ना नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै घानीले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’

घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । तर पनि घानी कहाँ छन् भन्ने अझै खुलेको छैन । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उनी उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : १९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको