दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने « Khabarhub

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ ।

मुद्रा व्यवस्थापन विभागले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाभित्रको हकमा असोज ४ गतेदेखि सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण हुने जनाएको हो ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयबाट नयाँ नोट साँट्न सकिने जनाइएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउने गरेको छ ।

नयाँ नोट साँट्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न समेत राष्ट्र बैकले अनुरोध गरेको छ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १० : १३ बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम