दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने « Khabarhub

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ ।

मुद्रा व्यवस्थापन विभागले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाभित्रको हकमा असोज ४ गतेदेखि सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण हुने जनाएको हो ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयबाट नयाँ नोट साँट्न सकिने जनाइएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउने गरेको छ ।

नयाँ नोट साँट्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न समेत राष्ट्र बैकले अनुरोध गरेको छ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १० : १३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको