दुर्घटनामा वडा सदस्यको मृत्यु « Khabarhub

दुर्घटनामा वडा सदस्यको मृत्यु


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिस्टुङ– बुधबार राति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक बुधबार राति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ मा सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : ४४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।