राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार « Khabarhub

राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीले चार्जशीट फाइल गरेको हो । १५ सय पृष्ठको यो चार्जशीटमा ४३ साक्षीको नाम राखिएको छ । यो सूचीमा शिल्पा र शर्लिन चोपडाको नाम पनि छ ।

गत जुलाई १९ मा मुम्बईको स्पेशल क्राइम ब्राञ्चको टिमले शिल्पाको घरमा गहन सोधपुछ पछि उनका पति राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजमाथि अश्लील फिल्मको कारोबारसँग जोडिएको आरोप लगाएको छ ।

चार्जशीटमा यश ठाकुर उर्फ अरविन्द श्रीवास्तव र राज कुन्द्राको भाउजू प्रदीप बख्शीको पनि नाम छ । श्रीवास्तव सिंगापुर र प्रदीप लण्डनमा बस्छन् । शिल्पासँगको बयानमा उनले भाउजू प्रदीपलाई सबै घटनाको दोषी मानेकी थिइन् ।

यो मामलाको अनुसन्धानको समयमा राजको ल्यापटपबाट मुम्बई क्राइम ब्राञ्चले ६८ एडल्ट फिल्म भेटेको थियो । यसबाहेक राजले आइफोनबाट आफ्नो आई क्लाउड एकाउण्ट हटाएका थिए । तर ब्राञ्चले आइक्लाउडलाई रिकभर गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १ : १४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक