डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो « Khabarhub

डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको बताएपछि विवाद चर्किएको हो ।

यो विवाद समाधान गर्ने विषयमा सभापति देउवा पक्षबाट पहल नभएको एक नेताले जानकारी दिए । सभापति देउवाले विवादका विषयमा छलफल नगरेपछि सो वडा अधिवेशनलाई मान्यता नदिन भन्दै पौडेल पक्षले महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवलाई सचेत गराएको छ । बिहीबार आफू पक्षीय नेतासहित पार्टी कार्यालय सानेपा पुगेर वरिष्ठ नेता पौडेलले डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाच्न समितिलाई आग्रह गरेका छन् ।

पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र शेखर कोइरालालगायत नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

डडेल्धुरामा वडा अधिवेशन हुने थाहा पाएपछि पौडेल समूहले भदौ २४ गते नै सभापति देउवालाई भेटेर सो अधिवेशन रोक्न माग गरेको थियो । अधिवेशनमा प्रहरी प्रशासनको प्रयोग नगर्न सभापति देउवालाई आग्रह गरिएको पौडेलले बताएका थिए । सो भेटमा अधिवेशन नगराउने बताए पनि सभापति देउवाले २५ गते भने अधिवेशन गराइ छाडे ।

जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट पठाएका क्रियाशील सदस्यता काटिएको र केन्द्रबाट सिधै नाम थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने जिल्ला कार्यसमितिबाट निर्णय गराएका थिए । तर, सभापति देउवाले भने सो निर्णय नमानेर निर्वाचन गराउन निर्वाचन समितिलाई निर्देशन दिए ।

यसरी सभापति देउवाबाट निर्वाचन गराउन दबाब आएपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामासमेत दिएका थिए । तर, देउवाले उनको राजीनामा अस्वीकार गरे । र यादवलाई फकाए । त्यसपछि यादव काममा फर्किएका छन् । २५ गते डडेल्धुरामा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले त्यसमा आपत्ति जनाउँदै अस्वीकार्य भएको विज्ञप्ति नै जारी गरेको थियो ।

५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भए पनि अझै २१ जिल्लामा अधिवेशन हुन सकेको छैन । यी मध्ये ८ जिल्लाको क्रियाशील सदस्यता नामावली बुधबार सार्वजनिक गरिएको छ । तर बाँकी १३ जिल्लाको विवाद अझै मिलिसकेको छैन । बाँकी रहेका जिल्लामा एकैपटक असोज ५ गते वडा अधिवेशन गराउने कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  २ : २९ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ