निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी « Khabarhub

निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले मल्टीपल भवन बनाउँदा निर्माण सामग्रीको पैसा नतिरेको भन्दै उजुरी परेको छ ।

निर्माण सामग्री बेच्ने दुईजना स्थानीय व्यापारीले आफ्नो पसलबाट सामान लगेको आठ लाख बढी रकम नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका हुन् । उजुरी दिनेमा सुर्नया–२ का गणेश विष्ट र नरेन्द्र विष्ट छन् ।

गणेशको चार लाख ८३ हजार र नरेन्द्रको चार लाख दुई हजार रकम विद्यालयले नतिरेको उजुरीमा उल्लेख छ । ‘हामीले बिक्री गरेको सामानको पैसा नपाएकाले हाम्रो पुँजी रोकिँदा व्यवसाय ठप्प भयो । उजुरी गरेको पनि २० दिन पुगिसक्यो । प्रशासनले गाउँपालिकालाई चिठी लेख्यो । पालिकाले स्कुललाई रकम उपलब्ध गराउन चिठी लेख्यो । तर स्कुलले कुनै मतलव गरेको छैन,’ गणेशले भने ।

विद्यालयको भवन गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गरी उधारो रकम तिर्नुपर्नेमा नतिरेको भन्दै विष्टद्वयले उजुरी गरेका हुन् ।

विद्यालयमा निर्माण भएको उक्त दुई तले मल्टीपल भवन निर्माणका लागि आएको रकम अपुग भएकाले उधारो रकम तिर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य डम्बरसिंह विष्टले बताए । ‘विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक राजेन्द्र विष्ट र मलाई जिम्मेवारी दिएको थियो । तर मलाई आर्थिक अधिकार दिइएन । काम गर्दा स्टिमेटभन्दा बढी खर्च भयो । त्यसैले निर्माणका लागि प्राप्त भएको पैसा नपुग्दा व्यापारीहरूको पैसा तिर्न सकिएन । अझै पनि स्रोत जुटाएर तिर्छौ,’ उनले भने ।

भवन निर्माणका लागि सुर्नया गाउँपालिकाबाट ३६ लाख रकम प्राप्त भएको, तर भवनको जम्मा लागत ४८ लाख पुगेकाले व्यापारीको पैसा तिर्न समस्या भएको डम्बरसिंह विष्टल बताए । तर स्टिमेटभन्दा १२ लाख खर्च कसरी भयो भन्दै स्थानीयले विरोध जनाएका छन् ।

लागत स्टिमेटभन्दा बढी रकम खर्च भए पनि काम अधुरो रहेकाले काम सम्पन्न गरेपछि स्रोत जुटाएर उधारो रकम तिर्ने विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । मल्टिपल भवन बनाउन विद्यालय व्यवस्थापन समितिले सदस्य विष्ट र प्रधानाध्यापक राजेन्द्र विष्टलाई लिखित जिम्मेवारी दिएको थियो । तर प्रधानाध्यापक विष्टले भने आफूले जिम्मेवारी लिन नसक्ने भनी व्यवस्थापन समितिलाई मौखिक जानकारी गराएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सुर्नया गाउँपालिका उपाध्यक्ष लीला विष्टले गाउँपालिकाबाट स्रोत जुटाएर भए पनि उधारो रकम तिर्ने बताइन् । न्यूज कारखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको