निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी | Khabarhub Khabarhub

निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले मल्टीपल भवन बनाउँदा निर्माण सामग्रीको पैसा नतिरेको भन्दै उजुरी परेको छ ।

निर्माण सामग्री बेच्ने दुईजना स्थानीय व्यापारीले आफ्नो पसलबाट सामान लगेको आठ लाख बढी रकम नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका हुन् । उजुरी दिनेमा सुर्नया–२ का गणेश विष्ट र नरेन्द्र विष्ट छन् ।

गणेशको चार लाख ८३ हजार र नरेन्द्रको चार लाख दुई हजार रकम विद्यालयले नतिरेको उजुरीमा उल्लेख छ । ‘हामीले बिक्री गरेको सामानको पैसा नपाएकाले हाम्रो पुँजी रोकिँदा व्यवसाय ठप्प भयो । उजुरी गरेको पनि २० दिन पुगिसक्यो । प्रशासनले गाउँपालिकालाई चिठी लेख्यो । पालिकाले स्कुललाई रकम उपलब्ध गराउन चिठी लेख्यो । तर स्कुलले कुनै मतलव गरेको छैन,’ गणेशले भने ।

विद्यालयको भवन गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गरी उधारो रकम तिर्नुपर्नेमा नतिरेको भन्दै विष्टद्वयले उजुरी गरेका हुन् ।

विद्यालयमा निर्माण भएको उक्त दुई तले मल्टीपल भवन निर्माणका लागि आएको रकम अपुग भएकाले उधारो रकम तिर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य डम्बरसिंह विष्टले बताए । ‘विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक राजेन्द्र विष्ट र मलाई जिम्मेवारी दिएको थियो । तर मलाई आर्थिक अधिकार दिइएन । काम गर्दा स्टिमेटभन्दा बढी खर्च भयो । त्यसैले निर्माणका लागि प्राप्त भएको पैसा नपुग्दा व्यापारीहरूको पैसा तिर्न सकिएन । अझै पनि स्रोत जुटाएर तिर्छौ,’ उनले भने ।

भवन निर्माणका लागि सुर्नया गाउँपालिकाबाट ३६ लाख रकम प्राप्त भएको, तर भवनको जम्मा लागत ४८ लाख पुगेकाले व्यापारीको पैसा तिर्न समस्या भएको डम्बरसिंह विष्टल बताए । तर स्टिमेटभन्दा १२ लाख खर्च कसरी भयो भन्दै स्थानीयले विरोध जनाएका छन् ।

लागत स्टिमेटभन्दा बढी रकम खर्च भए पनि काम अधुरो रहेकाले काम सम्पन्न गरेपछि स्रोत जुटाएर उधारो रकम तिर्ने विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । मल्टिपल भवन बनाउन विद्यालय व्यवस्थापन समितिले सदस्य विष्ट र प्रधानाध्यापक राजेन्द्र विष्टलाई लिखित जिम्मेवारी दिएको थियो । तर प्रधानाध्यापक विष्टले भने आफूले जिम्मेवारी लिन नसक्ने भनी व्यवस्थापन समितिलाई मौखिक जानकारी गराएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सुर्नया गाउँपालिका उपाध्यक्ष लीला विष्टले गाउँपालिकाबाट स्रोत जुटाएर भए पनि उधारो रकम तिर्ने बताइन् । न्यूज कारखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : १६ बजे

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी– जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको

ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले

मस्को– रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले इरननमाथि अमेरिकाले आइतबार

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ – नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक