काठमाडौँ महानगरका विद्यालय खोल्न समिति गठन | Khabarhub Khabarhub

काठमाडौँ महानगरका विद्यालय खोल्न समिति गठन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय खोल्ने विषयमा समिति गठन गरेको छ ।

बिहीबार बसेको शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन मापदण्ड निर्माण गर्न ‘विद्यालय सञ्चालन मापदण्ड समिति’ गठन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

उक्त समितिले असोज ४ गतेसम्ममा मापदण्ड बनाउने उनको भनाइ छ ।

बैठकमा शिक्षक, अभिभावक, स्वास्वास्थ्य विज्ञ लगायतको सहभागी रहेको र सबैले दशैँ अगावै विद्यालय सञ्चालन गर्ने निस्कर्ष निकालेको महानरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

उनका अनुसार समितिले विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड निर्माणका लागि शुक्रबारदेखि नै काम अघि बढाउने छ ।

असोजको पहिलो साताबाट विद्यालय सञ्चालन गर्ने गरी समितिले काम गर्ने उनले बताए । उनले भने, ‘सायद असोजको पहिलो साताभित्र विद्यालय सञ्चालन सम्बन्धि कुनै निर्णय हुन सक्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : २३ बजे

मासु र मदिरा नचल्ने माङ्सेबुङ

इलाम – इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा

चिसोमा एकाबिहानैको‘मर्निङ वाक’घातक: मुटुरोगीलाई बढी असर

काठमाडौं – के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ। विहान

बढ्यो डलरको भाउ : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज येशु ख्रीष्टको जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल पुस १० गते बुधबार तदनुसार