बैंकहरुले बढाए ब्याज दर (सूचीसहित) « Khabarhub

बैंकहरुले बढाए ब्याज दर (सूचीसहित)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा ब्याज दर बढाएका छन् । मुद्धतीमा समेत ब्याज दर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा ब्याज दर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको ब्याजदर तोकेका छन् ।

भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । तरलता अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका छन् ।

राष्ट्र बैंका अनुसार साउन महिनाको पहिलो सातामा बैंकिङ प्राणलीमा करिब ३७ अर्ब ३७ करोड रूपैयाँ तरलता रहेकोमा भदौ ३० गतेसम्ममा घटेर २० अर्ब रूपैयाँ पुगेको छ । बजारमा लगानी योग्य रकमको अभाव देखिन थालेपछि ब्याजदर बढाएर निक्षेप संकलन गर्न बैंकहरुमा प्रतिस्पर्धा चलेको छ ।

यस्तो छ ब्याज दर (प्रतिशतमा)

  • एनआइसी एसिया आधार दर ६.८४ साधारण निक्षेप ३.६ मुद्धती ८.६
  • हिमालयन बैंक आधार दर ६.५५ साधारण निक्षेप ४.१५–६.१५ मुद्धती ५ –८.५०
  • एभरेष्ट बैंङ्क आधार दर ५.८५ साधारण निक्षेप ३.६१–४ मुद्धती ७ –८.६१
  • नेपाल एसबिआई बैंक आधार दर ७.३७ साधारण निक्षेप ३.५५ मुद्धती ४.०५ –८.५५
  • स्टाण्डर्ड चार्टड बैंक आधार दर ५.५१ साधारण निक्षेप २.७५ – ४ मुद्धती ३ – ७.५
  • सेन्चुरी बैंक आधार दर ७.५५ साधारण निक्षेप ४.२५ – ६.२५ मुद्धती ८ – ९.२५
  • एनएमबी बैंक आधार दर ६.८४ साधारण निक्षेप ४.५२–६.५२ मुद्धती ७.५०–९.५२
  • नेपाल इन्भेष्टमेन्ट बैंक आधार दर ५.७१ साधारण निक्षेप ४.०२ मुद्धती ९.०२
  • सानिमा बैंक आधार दर ६.१४ साधारण निक्षेप ४.५१ – ५ मुद्धती ७ –१०.०१
  • नविल बैंक आधार दर ५.५२ साधारण निक्षेप ४.२६–६.२६ मुद्धती ७.५१ – ९.०१
  • सिटिजन बैंक इन्टरनेशनल आधार दर ७.८४ साधारण निक्षेप ३ – ५ मुद्धती ७.५–८
  • प्राइम कमर्सिएल बैंक आधार दर ७.२१ साधारण निक्षेप ४.७६–५.७६ मुद्धती ८–९.५०
  • सनराइज बैंक आधार दर ७.०१ साधारण निक्षेप ५.०७ मुद्धती ९.१० – १०.०७
  • मेगा बैंक आधार दर ६.४८ साधारण निक्षेप ५.०५–६.०५ मुद्धती ८–९.५५
  • नेपाल बंङलादेश बैंक आधार दर ७. ४१ साधारण निक्षेप ३.७६ – ४.७६ मुद्धती ८.५१– ८.७६
  • सिद्धार्थ बैंक आधार दर ६.८३ साधारण निक्षेप ४.०५–५.०५ मुद्धती ८.२५ – ९.०५
  • ग्लोबल आइएमई बैंक आधार दर ६.६० साधारण निक्षेप ४.५० मुद्धती ८.८०–१०.५०
  • बैंक अफ काठमान्डू आधार दर ७.३० साधारण निक्षेप ३.७७–५.२७ मुद्धती ६.२७–८.७७
  • लक्ष्मी बैंक आधार दर ७.०८ साधारण निक्षेप ४.६ मुद्धती ९
  • एनसीसी बैंक आधार दर ७.५७ साधारण निक्षेप ४.२६–५ मुद्धती ६.५ – ९
  • सिभिल बैंक आधार दर ७.७९ साधारण निक्षेप ४.२५–६.२५ मुद्धती ७.२५–९.२५
  • प्रभु बैंक आधार दर ७.१० साधारण निक्षेप ३.२५–५ मुद्धती ६.७५–८.२५
  • माछापुच्छ्रे बैंक आधार दर ६.८० साधारण निक्षेप ३.७५–५ मुद्धती ७.५०–८.७५
  • कृषि बिकास बैंक आधार दर ७.४९ साधारण निक्षेप ३.५–५ मुद्धती ६–८.६०
  • कुमारी बैंक आधार दर ७.६७ साधारण निक्षेप ३.१५–५.१५ मुद्धती ८.१५
  • राष्ट्रिय बाणिज्य बैंक आधार दर ५.४१ साधारण निक्षेप ३.०६–६ मुद्धती ६–९.०६
  • नेपाल बैंक लिमिटेड आधार दर ५.७३ साधारण निक्षेप ३.०५–४.५५ मुद्धती ८.०५

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : ४१ बजे

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको