डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखेको छैन : डा. कोइराला « Khabarhub

डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखेको छैन : डा. कोइराला


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन भन्दै महाधिवेशन केन्द्रीय निर्वाचन समितिसँग छलफल गरेपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले फेरि वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन् ।

सानेपामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भाना देखेको छैन ।’ उनले हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा वडा अधिवेशन गरिएको भन्दै सोही विषयमा निर्वाचन समितिसँग छलफल गरिएको बताए ।

डडेल्धुरा जिल्ला कार्यसमितिले अधिवेशन रोक्ने निर्णय गरे पनि निर्वाचन समितिले भदौ २५ मा वडा अधिवेशन गरेको थियो । सो वडा अधिवेशन पौडेल पक्ष र जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले बहिस्कारसमेत गरेको थियो ।

पौडेल पक्षले सो अधिवेशनलाई मान्यता नदिन भन्दै निर्वाचन समितिलाई आग्रह गरे पनि निर्वाचन समितिले डडेल्धुरामा फेरि अधिवेशन गराउने सम्भावना नरहेको महामन्त्री कोइरालाले बताएका हुन् ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । वडा अधिवेशन भदौ १८ बाट सुरु भएको छ । हालसम्म ५७ जिल्लाको वडा अधिवेशन भइसकेको छ । बाँकी जिल्लामा वडा अधिवेशन असोज ५ गते हुने कार्यतालिका छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : ०१ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन