भारतले बनाएको विद्यालय भवनको उद्घाटन « Khabarhub

भारतले बनाएको विद्यालय भवनको उद्घाटन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सहयोगमा मकावनपुरको लिटी खोला, फापरबारीमा निर्माण गरिएको श्री बागमती निम्न माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।

बिहीबार मकवानपुर जिल्ला समन्वय समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले सँयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । सो विद्यालय भवन ८० लाख नेपाली रुपैयाँमा लगातमा बनेको हो।

भारतले सो विद्यालयका लागि फर्नीचर, सरसफाइ संशाधन पनि अनुदान सहयोग गरेको छ । यो विद्यालय भवन निर्माण सम्बन्धी सम्झौतालाई उच्च महत्व दिइएको थियो ।

श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोलामा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको यो विद्यालयमा ३५५ विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् ।

नयाँ भवन बनेपछि छात्र–छात्राहरुका लागि शैक्षिक वातावरण सहज बनाउने विश्वास लिइएको छ ।

विद्यालय भवनको उद्घाटन भारत सरकारद्वारा स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउन ‘आजादी का अमृत महोत्सव’ का अवसरमा गरिएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ४५ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे