भारतले बनाएको विद्यालय भवनको उद्घाटन « Khabarhub

भारतले बनाएको विद्यालय भवनको उद्घाटन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सहयोगमा मकावनपुरको लिटी खोला, फापरबारीमा निर्माण गरिएको श्री बागमती निम्न माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।

बिहीबार मकवानपुर जिल्ला समन्वय समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले सँयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । सो विद्यालय भवन ८० लाख नेपाली रुपैयाँमा लगातमा बनेको हो।

भारतले सो विद्यालयका लागि फर्नीचर, सरसफाइ संशाधन पनि अनुदान सहयोग गरेको छ । यो विद्यालय भवन निर्माण सम्बन्धी सम्झौतालाई उच्च महत्व दिइएको थियो ।

श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोलामा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको यो विद्यालयमा ३५५ विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् ।

नयाँ भवन बनेपछि छात्र–छात्राहरुका लागि शैक्षिक वातावरण सहज बनाउने विश्वास लिइएको छ ।

विद्यालय भवनको उद्घाटन भारत सरकारद्वारा स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउन ‘आजादी का अमृत महोत्सव’ का अवसरमा गरिएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ४५ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार