विश्वभर २१ करोड ८० लाख संक्रमित निको, ४९ लाखको मृत्यु « Khabarhub

विश्वभर २१ करोड ८० लाख संक्रमित निको, ४९ लाखको मृत्यु


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर अहिलेसम्म २१ करोड ८० लाखभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २१ करोड ८० लाख ५७ हजार १७ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ३४३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २४ करोड ८ लाख २ हजार ९८३ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ४१ हजार ८७० छ । यसमध्ये ७९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

४९ लाखभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ९५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ लाख ४ हजार ९६ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९२ हजार ९६६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७०५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ४३ हजार ८८० जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ६ लाख २ हजार ७२७ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत १८ हजार संक्रमित देखिन थालेका छन् । भारतमा शनिबा बिहानसम्म ४ लाख ५२ हजार १० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ५५ बजे

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार