पीएसजीको संघर्षपूर्ण जित « Khabarhub

पीएसजीको संघर्षपूर्ण जित


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पीएसजीले फ्रेन्च लिग वान फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-१ गोलले हराएको छ ।

पीएसजीलाई जित दिलाउन डानिलो पेरिरा र केलियन एमबाप्पेले एक एक गोल गरे । एन्जर्सका एन्गेलो फुल्गिनीले एक गोल गरे ।

फुल्गिनीले गोल गर्दै सुरुआती अग्रता एन्जर्सले बनाए पनि त्यसलाई कायम राख्न सकेन । ६९ औं मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए ।

बराबरीउन्मुख खेलमा अन्तिम समयमा पीएसजीले पेनाल्टी पायो । उक्त अवसरलाई एम्बाप्पेले सदुपयोग गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

जितसँगै पीएसजीको १० खेलमा २७ अंक भएको छ । पीएसजी शीर्ष स्थानमा यथावत छ । एन्जर्स १६ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : १५ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो