नसर्ने रोगबाट बच्न जमरा फलदायी « Khabarhub

नसर्ने रोगबाट बच्न जमरा फलदायी


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडा दशैँलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दशैँको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।

पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ ।

दशैँमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।

यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् ।

जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ३३ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक