मलेसियाबाट फर्केर छाला व्यवसाय | Khabarhub Khabarhub

मलेसियाबाट फर्केर छाला व्यवसाय


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् ।

मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटीले छाला व्यवसाय सुरु गरेको एक वर्ष मात्रै भयो, तर व्यवसायबाट उनी सन्तुष्ट छन् । मलेसियमा सोचे जस्तो आम्दानी नभएपछि उनी नेपाल फर्किएका थिए । गाउँ फर्किएपछि के गर्ने भनेर केही वर्ष अल्मलिए । हुन त मलेसियामा कमाएको रकमले व्यवसाय गर्न पुग्दैन थियो । उनले केही रकम थपेर व्यवसाय गर्ने निर्णय भने गरिसकेका थिए । उनले भने, ‘अर्काको देशमा कति दुःख गरियो, कति संघर्ष गरियो, कति खटियो । जति गर्नु गरियो, अब आफ्नै देशमा केही गरिन्छ ।’

बाउबाजेले गाउँमै छाला उत्पादन गर्थे । उनीहरूले परम्परागत रुपमा गर्दै आएको पेशालाई व्यवसायका रुपमा चलाउने सोच बनाएको बोगटीको भनाइ छ । सोही कारण गाउँकै बालकुमार बस्याल भन्ने साथीसँग मिलेर व्यवसाय सुरु गरेको उनले बताए । व्यवसाययमा हालसम्म नौ लाख ५० हजार रुपैयाँ लगानी भएको उनले बताए ।

मासिक ५० हजारसम्म कमाइ
पहिला दर्ता नगरी घरैबाट काम गर्दा मासिक ५० हजार रुपैयाँसम्म कमाई हुने गरेको, तर महामारीले अहिले आम्दानी घटेको उनले बताए । ‘कोभिडले अब व्यवसाय बन्द नै हुन्छ होला जस्तो लागेको थियो, तर धेरै घाटा भएन,’ उनले भने, ‘सन्तुष्ट नै छौ ।’

पहिला छालाका सामान बेच्न विदेशीहरूकै आश गर्नु पर्थ्यो । सामानहरू काठमाडौंको ठमेल लानु पर्ने बाध्यता भएको उनले सुनाए । तर अहिले अहिले स्थानीय बजारमै सहजै बिक्री हुन थालेको छ । उनी मात्रै होइन सिन्धुकोटका अरु युवाहरू पनि छालाको व्यवसायमा आकर्षित भएका छन् । सिन्धुकोटमा ९० घरले अहिले यस्तै व्यवसाय सुरु गरेका छन् । ९० घरको उद्योग व्यवसायको अध्यक्ष बोगटी नै हुन् ।

परम्परागत रुपमा चल्दै आएको व्यवसाय अहिले आधुनिकिकरण गर्दै नयाँ मेसिनद्वारा सञ्चालन हुँदा झनै राम्रो उत्पादन हुने गरेको अर्का युवा व्यवसायी बालकुमार बस्यालले बताए ।

पहिला–पहिला बाजेहरूले हातले बनाउने गर्थे भने अहिले आधुनिक मेसिनद्धारा सामग्री उत्पादन गरिन्छ । सिन्धुकोट गाउँमा चारवटा उद्योग सन्चालनमा छन् । मेलम्ची छाला ब्याग उधोगमा छालाबाट बन्ने बिभिन्न सामग्री उत्पादन हुने गरेका छन् ।

परम्परागत तरिकाले छालाको सामान बनाउने पेशालाई आधुनिक मेसिनले विस्थापित गरेका छन् । मेसिनले बानाएका ब्याग, स्कुल ब्याग, ल्यापटप ब्याग, पर्स, बेल्ट लगायतका सामग्रीहरू घरैबाट बेचेर मेलम्ची नगरपालिका–५ का युवा राम्रो कमाइ गरिरहेका छन् । उनीहरूले नगरपालिका, स्थानीय सामाजिक संघसंस्था, वडा कार्यालयसँग समन्वय गरेर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ५१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी