छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीस्थित सडकमा ना ३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई शुक्रबार राति ठक्कर दिँदा कारका सवार चालकको मृत्यु भएको छ । चालक भारतको मोतिहारी पूर्वी चम्पारनका ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ वनढाटस्थित सडकमा ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा हेटौंडा उपमहानगरपालिका १५ पनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका ३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँ बस्ने ७८ वर्षीया सोरावती रग्देलको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटरको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, खडक नगरपालिका ४ अमहास्थित सडकमा बा ५६ प २५१५ नम्बरको मोटरसाइकल र स ५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रौतहट, दुर्गा भगवती गाउँपालिका ४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ५ : ४० बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर