तरकारी खेतीले मनोरम लमजुङको भुष्मे « Khabarhub

तरकारी खेतीले मनोरम लमजुङको भुष्मे


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङदी गाउँपालिका–८ को पर्यटकीय गाउँ भुष्मेको सिङ्गो गाउँ अहिले तरकारी खेतीमा लागेको छ । केही वर्षअघिसम्म बाँझो रहेको यी बारी अहिले हरिमल्लै भएको देख्न सकिन्छ । किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायत बिक्री गर्न व्यस्त छन् । केही वर्षअघिसम्म तरकारीका लागि बजार र छिमेकीको आस गर्ने भुष्मेबासी अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

स्थानीय अगुवा होमराज तामाङका अनुसार गाउँका ५५ घरपरिवार तरकारी खेतीमा लागेको बताए । उनले भने, ‘आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौ । आफैँले तरकारी फलाउन थालेपछि आफुलाई पनि भयो बिक्री पनि गर्न पायौं ।’ अहिले यो गाउँ तरकारीमा आत्मानिर्भर भएको उनले बताए ।

२०७१ सालेदखि तरकारी खेती गर्दै आएकी निलमाया तामाङले आठ रोपनी जग्गामा व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५–६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिले दुईचार पैसा देख्न नी रहरै हुन्थ्यो । अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’ निलमाया जस्तै तरकारी फलाउन हौसिएकी छिन् सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन सहज भएको उनले बताइन ।

भुष्मे गाउँ तरकारी पकेट क्षेत्र नै घोषणा भएको छ । भुष्मेमा स्थानीय नन्दराज तामाङको अध्यक्षतामा नौ सदस्यीय भुष्मे तरकारी पकेट सन्चालन समिति गठन गरिएको छ । गाउँलेले एक सय ५० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । स्थानीय विष्णुमाया तामाङका अनुसार तरकारी खेतीका लागि मस्र्याङ्दी गाउँपालिका, गण्डकी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङले सहयोग गर्दै आएको छ । भुष्मेमा ०७४ सालदेखि होमस्टे पनि सुरु भएको छ । तामाङ जातीको बसोबास रहेको गाउँमा १० घरमा होमस्टे छ । न्यूज कारखाना

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ४० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको