छात्राको रुचि अटोमोबाइलमा « Khabarhub

छात्राको रुचि अटोमोबाइलमा


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको तिनाउ गाउँपालिका–४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा सञ्चालित प्री डिप्लोमा अटोमोबाइल शिक्षाप्रति छात्राहरुको आकर्षण बढ्दो छ ।

विद्यालयले विसं २०७६ मा १८ महिने अटोमोबाइल तालिम सञ्चालनमा ल्याएको थियो । अटोमोबाइल सञ्चालनको पहिलो वर्ष २३ जना छात्र मात्र भर्ना भएका थिए । दोस्रो वर्ष २२ जना विद्यार्थी भर्ना भएकामा छ जना छात्रा थिए । अध्ययन अवधिभर ४० हजार शिक्षण शुल्क भुक्तानी गर्नुपर्नेमा छात्राहरुलाई आकर्षित गर्न विद्यालयले भर्नाबाहेकको शिक्षण शुल्क पूर्णरुपमा मिनाह ग¥यो । यस नीतिले अटोमोबाइल अध्ययनमा छात्राहरुको सहभागीता बढेको हो ।

विद्यालयका प्राधानाध्यापक झपिन्द्र ज्ञवालीका अनुसार छात्रा, जेहन्दार तथा सिटीभिटीले पठाएको एक जनालाई शिक्षण शुल्कमा पूर्ण छुट गरिएको हो । “यो विषयको अध्ययनले कोही पनि बेरोजगार हुनुपर्ने स्थिति हुँदैन, सीप भएपछि काम जहाँ पनि पाइन्छ,” उनले भने ।

आर्थिक रुपमा कमजोर विपन्न समुदायका बालबालिकालाई शिक्षण शुल्क तिर्न बाध्य नपारिएको र पैसाकै कारण अध्ययन गर्नबाट बाहिरिनुपर्ने बाध्यता विद्यार्थीहरुमा नहुने प्रअ ज्ञवालीले बताए । एसइईमा ‘इ’ ग्रेड प्राप्ति गर्ने बालबालिका राम्रो विषय अध्ययनबाट वञ्चित छन् । ‘इ’ ग्रेड प्राप्त गर्नेहरुलाई दक्ष जनशक्ति उत्पादनका निम्ति अटोमोबाइल विषय सञ्चालन गरिएको प्रअ ज्ञवालीले बताए ।

“विद्यालयले विद्यार्थीहरुले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चित गरिएको छ । अन्यत्रको विद्यालयमा शिक्षण शुल्क अनिवार्य गरिएको भए पनि यहाँ पैसा नभएका बालबालिकालाई अध्ययन गर्न पाउने गरी व्यवस्था गरिएको हो,” प्रअ ज्ञवालीले भने, “हामीले विद्यालय सञ्चालन गर्दा महायज्ञ गरी सङ्कलन गरिएको पैसाबाट शिक्षकलाई तलब दिने गरिएको ।”

रोजगार पाउन सजिलोे र अटोमोबाइलका क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउन यो विषयको अध्ययन सुरु गरिएको विद्यार्थी अस्मिता दर्लामीले बताइन् । शैक्षिक बेरोजगारी समस्या रहेकाले अटोमोबाइलको कोर्ष अध्ययनपछि रोजगारका अवसरहरु सिर्जना गर्न सहज हुने एलिना सर्वुजाले बताइन् ।

पाल्पाका खानीबाट चुनढुङ्गा बोकेर टिप्परको आवतजावत बढ्दो छ । टिप्पर आवतजावत हुँदा स्थानीय स्तरमा रोजगारीको सम्भावना रहेकाले अटोमोबाइलसम्बन्धी अध्ययन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बस्यालले बताए ।

“शैक्षिक बेरोजगारीको समस्या स्थानीय तहबाट हल गर्न सीपमूलक व्यावसायिक तालिमको आवश्यक छ । तालिमबाट दक्ष जनशक्ति उत्पादन गरी जटिल काम गर्न नपरोस् भनी अटोमोबाइलका कक्षा सञ्चालन गरिएको हो,” वडाध्यक्ष प्रेमप्रसाद पाण्डेय भने, “आर्थिक अभाव रहे पनि स्थानीय बासिन्दाको सहयोगमा आवासीय सुविधा प्रदान गरिएको हो । पहिलो वर्ष स्थानीय बासिन्दा घर भाडामा लिई आवासीय सुविधा प्रदान गरिएकामा अहिले विद्यालयको भवन नै आवासका निम्ति प्रयागे गरिएको हो ।”

तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले गाउँपालिकाले प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई भौतिक संरचना निर्माण सहयोग गरेको बताउनुभयो । भौतिक संरचनाको विकास गरी सुविधासम्पन्न कक्षाकोठामा अध्ययन अध्यापन गराउन सहयोग गरिएको श्रेष्ठले बताउनुभयो । पाल्पामा प्राविधिक शिक्षातर्फ कृषि, पशुपालन, सिभिल इन्जिनियरिङ, स्वास्थ्यसम्बन्धी अध्ययन हुँदै आएको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : २० बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी