सतर्कता कति आवश्यक : प्रेरक प्रसङ्ग « Khabarhub

सतर्कता कति आवश्यक : प्रेरक प्रसङ्ग


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक बूढो मानिसले युवकलाई रुख चढ्ने र ओर्लने कला सिकाउने गर्थ्यो । युवकहरु अग्लाअग्ला रुखमा चढ्न सिक्थे । एउटा युवक यो कलामा पारङ्गत हुनको लागि आयो । बूढोले भन्यो, रुखमा चढ्दा र ओर्लंदा सावधानी धेरै आवश्यक छ ।

युवकले भन्यो, यसमा कुनचाहिँ नयाँ कुरा छ, यो कुरा सबैलाई थाहा छ । हेर्दा हेर्दै ऊ रुखको सबैभन्दा माथि रहेको हाँगामा पुग्यो । बूढो मानिसले हेरिरह्यो र हिम्मत बढाइरह्यो । जब त्यो युवक झर्न थाल्यो तब बूढो चुपचाप बस्यो । युवक बडो सावधानीले ओर्लिरहेको थियो ।

जब युवक तीन चौथाइ दूरी ओर्लिसक्यो तब बूढोले भन्यो, बाबु सावधान भएर ओर्ल हतार नगर ।

यो कुरा सुनेर युवकले अचम्म मान्दै भन्यो, जब म टुप्पोमा थिएँ तब तपाईं चुपचाप बसिरहनुभयो अब आधाभन्दा धेरै तल आइसकेपछि सावधान हुनको लागि भन्दै हुनुहुन्छ ।

यसमा उसले भन्यो, जब तिमी टुप्पोमा थियौ तब तिमी आफै सावधान थियौ, तर लक्ष्य नजिक देखेर मानिसहरु धेरैजसो असावधानी देखाउने गर्छन् । यसैले मैले तिमीलाई सावधान गराएको हुँ ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : १८ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका