जित हासिल गर्नको लागि आफ्नो भूमिका थाहा पाउनुहोस् | Khabarhub Khabarhub

जित हासिल गर्नको लागि आफ्नो भूमिका थाहा पाउनुहोस्


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंको भूमिका के हो ? मलाई थाहा छ तपाईं अफिसमा जागिर गर्नुहुन्छ, केही निश्चित काम गर्नुहुन्छ, खास नीतिमा चल्नुहुन्छ आदि । तर तपाईंको भूमिका के हो ? यो केही हदसम्म गेम प्लान बनाउनु जस्तै हो ।

गेम प्लानले के कुराको रुपरेखा तय गर्छ भने तपाईं कुन प्रकारको कामकाजी व्यक्ति बन्नेवाला हुनुहुन्छ । तपाईं कुन प्रकारको उत्पे्ररक बन्नहुनेछ ? के तपाईं विचारशील व्यक्ति बन्नुहुनेछ ? संयोजक ? संप्रेषक ? कूटनीतिज्ञ ? अनुशासनमा सख्त ? प्रेरणादायक ? वास्तविक रुपमा भूमिकाको मतलब के हो भने तपाईं टीममा कुन रुपमा फिट हुनुहुन्छ ? हामी सबै टीमका खेलाडी हौँ, आजकल सबैले टीमको खेलाडी बन्नु नै पर्दछ ।

डा. मेरिडिथ बेल्बिनले मानिसको शक्तिलाई राम्रो बनाउनको लागि टीमवर्कको प्रकृतिमा २० वर्षभन्दा पनि बढी समयसम्म शोभ गरेका छन् । उनले कुनै पनि टीममा विभिन्न भूमिका उल्लेख गरेका छन्।

– संसोधन जाँचकर्ता : यस प्रकारको व्यक्ति रचनात्मक हुन्छन् तथा वहिर्मुखी र लोकप्रिय हुन्छन् ।

– संयोजक : ज्यादै अनुशासित तथा नियन्त्रित । तिनले लक्ष्यमा पूरा ध्यान केन्द्रित गर्न सक्दछन्, तिनले पूरा टीमलाई एक सूत्रमा बाँध्न सक्छन्।

– सर्जक : ती ज्यादै उपलब्धि केन्द्रित हुन्छन् । तिनले चुनौतीको सामना गर्न र लक्ष्य हासिल गर्न मन पराउँछन् ।

– टीम खेलाडी : ती समर्थक तथा सहयोगी हुन्छन् । ती असल राजदूत हुन्छन् किनकि तिनले केवल सर्वश्रेष्ठ नै चाहन्छन् ।

– विशेषज्ञ : यिनीहरु विशेष क्षेत्रमा मिपुर्णता हासिल गर्न प्रति समर्पित हुन्छन्, यी पेशेवर हुन्छन्, यिनमा जोश र समर्पण हुन्छ ।

तपाईं यी मध्ये को हुनुहुन्छ ? तपाईं टीममा, कुन भूमिकामा निभाउनुहुन्छ ? के तपाईं आफ्नो भूमिकाले खुशी हुनुहुन्छ ? के तपाईंले यसलाई बदल्न सक्नुहुन्छ ?

साभार  : ‘तपाईंको जीत’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २८ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली