छोरी वामिकालाई किन लुकाउछन् अनुष्का र विराट ? | Khabarhub Khabarhub

छोरी वामिकालाई किन लुकाउछन् अनुष्का र विराट ?


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीको फ्यान फलोइङ संख्या उल्लेख्य छ भनेर भनिरहनुपर्दैन । उनीहरु जहाँ उपस्थित हुन्छन्, त्यहाँ मिडिया र फ्यानको उपस्थिति बाक्लो नै हुन्छ ।

उनीहरुको एक छोरी वामिका छिन् । यो जोडीले वामिकालाई हालसम्म लुकाई नै रहेका छन् । अझ भनौं वामिकाको लुक्स कस्तो छ भन्नेसमेत कसैले थाहा पाउन सकेका छैनन् । सामाजिक सञ्जालमा पनि अनुष्का र विराटले वामिकाको अनुहार देखिने तस्वीर राखेका छैनन् ।

अनुष्काले वामिकालाई कहिँ कतै लिएर जाँदा पापराजीबाट बच्नका लागि अनुहार लुकाउने गरेकी छन् । उनीहरुको यो गतिविधिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अनुष्का र विराटलाई छोरीलाई बढी संरक्षण गरेको भन्न पछि परेका छैनन् ।

अनुष्का र विराट आफ्नो छोरीलाई लिएर सार्वजनिक रुपमा बहस होस् भन्ने चाहँदैन् । वामिकाले के लगाउँछिन्, उनको अनुहार विराट वा अनुष्का कोसँग मिल्दोजुल्दो छ भन्ने जस्ता विषयमा बहस नहोस् भन्ने अनुष्का र विराटको चाहना छ ।

विराट र अनुष्काले आमा बनेका अन्य सेलिब्रेटीले सन्तान लुकाउन गरेको उपायलाई अपनाएका छन् । वामिका आगामी फेब्रुअरी २०२२ मा एक वर्षको हुँदैछिन् । त्यसकारण पनि धेरैले सन् २०२२ को फेब्रुअरीमा वामिकाको लुक्स देख्न पाउनेमा आशावादी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १ : ५४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र