छोरी वामिकालाई किन लुकाउछन् अनुष्का र विराट ? « Khabarhub

छोरी वामिकालाई किन लुकाउछन् अनुष्का र विराट ?


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीको फ्यान फलोइङ संख्या उल्लेख्य छ भनेर भनिरहनुपर्दैन । उनीहरु जहाँ उपस्थित हुन्छन्, त्यहाँ मिडिया र फ्यानको उपस्थिति बाक्लो नै हुन्छ ।

उनीहरुको एक छोरी वामिका छिन् । यो जोडीले वामिकालाई हालसम्म लुकाई नै रहेका छन् । अझ भनौं वामिकाको लुक्स कस्तो छ भन्नेसमेत कसैले थाहा पाउन सकेका छैनन् । सामाजिक सञ्जालमा पनि अनुष्का र विराटले वामिकाको अनुहार देखिने तस्वीर राखेका छैनन् ।

अनुष्काले वामिकालाई कहिँ कतै लिएर जाँदा पापराजीबाट बच्नका लागि अनुहार लुकाउने गरेकी छन् । उनीहरुको यो गतिविधिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अनुष्का र विराटलाई छोरीलाई बढी संरक्षण गरेको भन्न पछि परेका छैनन् ।

अनुष्का र विराट आफ्नो छोरीलाई लिएर सार्वजनिक रुपमा बहस होस् भन्ने चाहँदैन् । वामिकाले के लगाउँछिन्, उनको अनुहार विराट वा अनुष्का कोसँग मिल्दोजुल्दो छ भन्ने जस्ता विषयमा बहस नहोस् भन्ने अनुष्का र विराटको चाहना छ ।

विराट र अनुष्काले आमा बनेका अन्य सेलिब्रेटीले सन्तान लुकाउन गरेको उपायलाई अपनाएका छन् । वामिका आगामी फेब्रुअरी २०२२ मा एक वर्षको हुँदैछिन् । त्यसकारण पनि धेरैले सन् २०२२ को फेब्रुअरीमा वामिकाको लुक्स देख्न पाउनेमा आशावादी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १ : ५४ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती