मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिनु हुँदैन : नेता सिंह « Khabarhub

मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिनु हुँदैन : नेता सिंह


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने टिप्पणी गरे ।

नेतृत्वको कारण कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उनको भनाइ छ । निर्वाचनपछि कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाएर संविधानमाथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नका लागि कांग्रेस मजबुत हुनुपर्ने बताए ।

कांग्रेस मजबुत हुनका लागि नेतृत्व परिवर्त आवश्यक रहेको उनको भनाइछ । ‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ’, उनले थपे, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन ।’

उनले १४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताए । नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौँलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफुमा रहेको उनको भनाइ छ ।

‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ ? पार्टी चलाउँन क्षमाता चाहिन्छ’, उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’

उनले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टी भित्र सबैको सम्मान हुनुपर्ने बताए । उनले पार्टीलाई विधिसम्मत नियमसम्मत तरिकाले अगाडि बढाउनुपर्ने भन्दै विधि र प्रक्रियाका लागि आफूँले सधै पार्टी भित्र आबाज उठाउँदै आएको बताए ।

जनताका मुद्दाहरु तत्काल समाधान गरी लोकतन्त्र जोगाउनका लागि प्रभावकारी पार्टीको रुपमा कांग्रेस स्थापना गर्न आफूले सभापतिमा उम्मेद्वारी दिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : २७ बजे

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

काठमाडौं– विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन

घरघरमा शव लैजानु भन्ने रास्वपा नेतृलाई एलआईसीले दिएको थियो अवार्ड

काठमाडौं- गत बुधबार आएको बाढीपछि ज्यान गुमाएकाहरुको शव वालेन्द्र शाह

रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग

काठमाडौं – भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र