कतारमाथि नेपालको कीर्तिमानी जित « Khabarhub

कतारमाथि नेपालको कीर्तिमानी जित


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा रनका आधारमा यो अहिलेसम्म कै फराकिलो जित हो । यसअघि सन् २०१९ मा इन्डोनेसिया विरुद्ध नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो ।

कतारको दोहामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४६ रन बनायो । नेपालको टी २० अन्तर्राष्ट्रियमा यो अहिलेसम्म कै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध एक सय २६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। इन्दुले ५५ रन बनाइन् ।

इन्दु बर्मा महिला टी २० आई सिरिजमा अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेकी छिन् । यसअघि टी २० आईमा सीता राना मगरले इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन उच्च स्कोर थियो ।

तेस्रो नम्वरमा ब्याटिङमा आएकी इन्दुले ४७ बलमा पाँच चौकाको मद्दतले ५५ रन बनाइन् । नेपालको स्कोर आठ रनमा एक विकेट हुँदा क्रिजमा आएकी इन्दुले सिता रानामगरसँग ८८ रनको उत्कृष्ट साझेदारी गरेकी थिइन् ।

राम्रो सुरुआत गर्न नसकेको नेपालले आठ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर काजल श्रेष्ठ मात्र तीन रनमा आउट भइन्। दोस्रो विकेटका लागि सिता र इन्दुले उत्कृष्ट ८८ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

९६ रनमा दोस्रो विकेट गुमाएको नेपालकी कप्तान रुविना क्षेत्री शून्यमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो ।

जवाफमा कतार ११ ओभर पाँच बलमा मात्र २७ रनम अलआउट भयो ।

कतारका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि खदिजा इम्तियाज र एंगिलिना मरीले आठ आठ रन बनाइन भने केरीले सात रनको योगदान गरिन ।

यस्तै रिज्फा बानोले तीन रन बनाउँदा उसका सात खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका लागि बलिङमा रुविना क्षेत्रीले तीन, कविता कुवँर र सिता रानामगरले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : २८ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको