कतारमाथि नेपालको कीर्तिमानी जित | Khabarhub Khabarhub

कतारमाथि नेपालको कीर्तिमानी जित


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा रनका आधारमा यो अहिलेसम्म कै फराकिलो जित हो । यसअघि सन् २०१९ मा इन्डोनेसिया विरुद्ध नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो ।

कतारको दोहामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४६ रन बनायो । नेपालको टी २० अन्तर्राष्ट्रियमा यो अहिलेसम्म कै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध एक सय २६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। इन्दुले ५५ रन बनाइन् ।

इन्दु बर्मा महिला टी २० आई सिरिजमा अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेकी छिन् । यसअघि टी २० आईमा सीता राना मगरले इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन उच्च स्कोर थियो ।

तेस्रो नम्वरमा ब्याटिङमा आएकी इन्दुले ४७ बलमा पाँच चौकाको मद्दतले ५५ रन बनाइन् । नेपालको स्कोर आठ रनमा एक विकेट हुँदा क्रिजमा आएकी इन्दुले सिता रानामगरसँग ८८ रनको उत्कृष्ट साझेदारी गरेकी थिइन् ।

राम्रो सुरुआत गर्न नसकेको नेपालले आठ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर काजल श्रेष्ठ मात्र तीन रनमा आउट भइन्। दोस्रो विकेटका लागि सिता र इन्दुले उत्कृष्ट ८८ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

९६ रनमा दोस्रो विकेट गुमाएको नेपालकी कप्तान रुविना क्षेत्री शून्यमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो ।

जवाफमा कतार ११ ओभर पाँच बलमा मात्र २७ रनम अलआउट भयो ।

कतारका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि खदिजा इम्तियाज र एंगिलिना मरीले आठ आठ रन बनाइन भने केरीले सात रनको योगदान गरिन ।

यस्तै रिज्फा बानोले तीन रन बनाउँदा उसका सात खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका लागि बलिङमा रुविना क्षेत्रीले तीन, कविता कुवँर र सिता रानामगरले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : २८ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार